तुलसीपुर, १७ असोज / मित्रराष्ट्र भारतको पिथौरागढमा आश्विन ०४ गतेबाट संचालन भएको इन्डो भारत नेपाल बटालियन स्तर संयुक्त प्रशिक्षण पूर्व सूर्य किरण औपचारिक रुपमा सम्पन्न भएको छ । उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानीको नेतृत्वमा तीनसय जना र भारतीय सेनाका चारसय जना फौज सहभागी भएका थिए । संयुक्त सैनिक अभ्यासमा विभिन्नृ सैनिक युद्धकला, अभ्यासका साथै विपद एवं कोभिड(१९ जस्ता महामारीको दौरान सुरक्षा फौजको भुमिका आदिका बारेमा अभ्यास गरिएको थियो भने सहभागी फौजहरुले आआफ्नो पेशागत अनुभवहरु समेत साटासाट गरेका थिए ।
भारतीय सेना मध्य कमाण्ड सेनापति रथी श्री एस।एस। महलद्वारा अन्तिम प्रवचन गर्नु भएको उक्त कार्यक्रममा नेपाली सेनाको श्री मध्य कमाण्ड हे।क्वा।का कमाण्ड सेनापति उपरथी श्री विनय बिक्रम राणा, श्री नं।३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कुमार बाबु थापा, दुवै देशका सैनिक सहचारीहरु तथा भारतीय सेनाबाट सहभागि गणका कमाण्डिङ्ग अफिसर कर्नल नितिन कुमार कालदन्ते लगायतको उपस्थिती रहेको थियो ।
नेपाली सेना र भारतीय सेना वीच सम्पन्न यस सैनिक अभ्यासले दुई देश वीच कायम रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै दुवै देशका सेनाको सकलदर्जामा आधारभूत सैनिक शिपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।