तुलसीपुर, १४ भदौ । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ । तालिमको उद्घाटन उपरथी बालकृष्ण कार्कीले गर्नुभएको हो । नेपाली सेनाको रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त अवसरमा शिक्षार्थि अधिकृतहरुलाई सम्बोधन गर्नुहुँदै उपरथी कार्कीले यस तालिमले सहभागीहरुको पेशागत ज्ञान बढ्न गई समग्र संस्थाको क्षमता अभिवृद्धिमा टेवा पुग्नुको साथै जटील अपरेशनल वातावरणमा समेत समय सापेक्ष निर्णय लिनसक्ने भावि नेतृत्वको विकास हुने बताउनुभयो ।
तालिममा २९ जना महासेनानी तथा प्रमुख सेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको छ । उच्च क्रमका अधिकृतहरुको वृत्ति विकासका लागि आवश्यक यो तालिम नेपाली सेनामा संचालन हुने सबैभन्दा उच्च तालिम पनि हो ।
प्रकाशित मिति : २०७८ भाद्र १४ गते सोमवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।