तुलसीपुर, ७ असार । तुलसीपुर उपमहानगरपालिका प्रत्येक वडामा युवा स्वरोजगार कार्यक्रम संचालन गरिने भएको छ । आगामी आर्थिक बर्ष २०७८। ०७९ देखि लागुहुनेगरी उपमहानगरपालिको नीति तथा कार्यक्रममा शैक्षिक प्रमाणपत्र र परियोजना धितो राखि व्यवसाय गर्ने युवा समूह पहिचान गरि वडामा स्वरोजगार मुखी कार्यक्रम संचालन गर्ने तयारी गरेको हो । उपमहानगरको नीति तथा कार्यक्रममा स्वरोजगार कार्यक्रम मार्फत विदेश पलायन हुने युवाहरुलाई स्थानीयस्तरमै रोजगारका अवसर सिर्जना गरिने उल्लेख गरिएको छ ।
त्यस्तै युवाहरुलाई उद्यमीहरुको संख्या बढाउन सिप विकास, व्यवसायमा प्रोत्साहन जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने, युवाको नेत्तृत्व विकासका लागि नमूना युवा संसद, युवा परिचालन जस्ता विभिन्न कार्यक्रमलाई निरन्तरता दिने, युवा उद्यमका लागी घुम्ती कोषको स्थापना गरि परिचालन गर्ने बताइएको छ । त्यसैगरी युवा प्रतिभाको पहिचान र खोजी गरी दक्ष तथा सिपयुक्त युवाहरुलाई रोजगार सिर्जना गर्ने, युवाहरुलाई उद्यमशिलतातर्फ आकर्षित गर्न शिक्षामा युवा उद्यमशिलतालाई जोड्ने, युवा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जाका लागि बैंक तथा वित्तिय संस्थासँग समन्वय गर्ने समेत तयारी थालेको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।