बिजौरी अस्पतालमा नाम दर्ताको पैसा नलाग्ने

तुलसीपुर, ३० जेठ ।  प्रादेशिक आयुर्वेेद चिकित्सालय विजौरीले नाम दर्तालाई निशुल्क बनाउने भएको छ । आस्पताल विकास समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।कोरोना भाइरसका कारण आर्थिक समस्यामा परेका नागरिकहरुलाई सहुलियत दिने उद्देश्यले नाम दर्ता निशुल्क बनाएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. गोकर्ण दहालले जानकारी दिनुभयो । अस्पतालले नाम दर्ताको २० रुपैयाँ लिने गरेको थियो ।

आयुर्वेद अस्पतालमा उपचार सेवा लिन आउने अधिकांस निम्न बर्गका भएकाले थोरै भएपनि सहुलियत दिनका लागि आर्थिक गतिविधि सामान्य नबन्दासम्म शुल्क नलिने डा. दहालले बताउनुभयो । त्यसैगरी बैठकले आर्थिक बर्ष २०७८।०७९ का लागि विभिन्न माग सहितको प्रस्तावना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

विकास समितिका अध्यक्ष कृष्ण बस्नेतको अध्यक्षतामा बसेकोका बैठकमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे, अस्पताल विकास समितिका सदस्य सुधा बस्नेत, तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेत लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार
प्रतिक्रिया