२०८३ भाद्र १० गते बुधवार

तुलसीपुर मेट्रोअस्पताललाई पिसिआर मेसिन उपलब्ध गराउने निर्णय

तुलसीपुर, १० जेठ ।  दाङका दुई अस्पतालाई तत्काल पिसिआर र एक्सरे मेसिन उपलब्ध गराइने भएको छ । बढ्दो कोरोना संक्रमणको दरलाई न्यूनिकरण गर्न र सहज रुपमा जनतालाई उपचार सेवा प्रदान गर्न तुलसीपुर मेट्रो अस्पतालमा पिसिआर र लमही अस्पतालमा एक्सरे मेसिन उपलब्ध गराइने भएको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको घोराहीमा बसेको बैठकले मेसिन खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बुटवललाई अनुरोध गर्ने निर्णय गरेको छ ।

सो अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले प्रदेशमा दैनिक ३५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्ने बताउनु भएको छ । बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले दैनिक २१ सय उत्पादन गर्न सकिने क्षेमता भएपनि थप १४ सय बाहिरबाट ल्याउनु पर्ने परिस्थीत भएको बथाउनुभयो । केहि हुनेखानेको घरमा अहिले पनि अक्सिजन सिलिण्डर होल्डमा रहेको बताउँदै उहाँले त्यसका लागि स्थानीय प्रशासनले खोजविन गर्नुपर्ने बताउनुभयो ।

केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बुटवलका सचिव विकास देवकोटा, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे, घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, गाउँपालिकाको तर्फबाट बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल, लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी निर्देशक डा. प्रज्ञा बस्नेत, कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण बहादुर वली लगाएतले कोभिडको संक्रमण फैलिदा भएका समस्या, चुनौति र अपठेराका विषयमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार
प्रतिक्रिया