तुलसीपुर, ६ जेष्ठ । लायन्स क्लब अफ स्वर्गद्वारी तुलसीपुर– ४ रक्षाचौर दाङले तुलसीपुर उपमहानगरपालिकालाई सहयोग हस्तान्तरण गरेको छ । कोरोनाको दोस्रो लहर महामारीमा अक्सीजन अभाव भएको बेला अक्सिजन सिलिन्डर रिफिल गर्नका लागि आर्थिक रकम सहयोग गरेकोहो ।
स्थानीय सरकारले स्थापना गरेको तुलसीपुर अस्वारामा रहेको कोभिड आईशोलेसन मेट्रो सिटि हस्पिटल सेन्टरमा क्लबका पदाधिकारी, सदस्यहरुबाट संकलन गरेको ५५ हजार ५ सय रकमलाई अक्सिजन सिलिन्डर रिफिल गर्नको लागि सहयोग क्लबले गरेको छ । सो रकम विहिवार तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पान्डेलाई स्वर्गद्वारी लायन्स क्लब अफ रक्षाचौरका अध्यक्ष लायन लोकमणी गौतमले चेक हस्तान्तरण गर्नुभएकाे हाे ।
कार्यक्रममा को डि. एडभाईजर लायन ध्रुब गौतम , लायन्स क्लब अफ स्वर्गद्वारीका लायन बर्ष २०२१/२२ का लायन अध्यक्ष तारा प्रसाद पोख्रेल प्रथम उपाध्यक्ष तथा आँखा अस्पताल ब्यबस्थापन समितिका सभापति लायन कृष्ण कुमार गिरी दोस्रो उपाध्यक्ष लायन लोक बहादुर ओली , पुर्ब अध्यक्ष लायन किशोर भण्डारी राप्ती आँखा अस्पतालका सुचना अधिकारी बालाराम खडका , क्लबको रिपोर्टङ अफिसर लायन बिण्णु खनालको सहभागीतामा सो चेक हस्तान्तरण गरिएको हो ।





