तुलसीपुर, ५ जेठ । कोरोना माहामारी नियन्त्रणका लागि तुलसीपुरका दुईवटा सामुदायिक वन उपभोक्ता समूहले तुलसीपुर मेट्रो अस्पताललाई आर्थिक सहयोग गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका– ८ बटोलपुर स्थित मायालु र सृजना सामुदायिक वन उपभोक्ता समूहले २५ हजार पाँच सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको मेयरको सचिवालय सदस्य धर्मराज वलीले जानकारी दिनुभयो ।
मायालु सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष साइराम चौधरीले उक्त रकम तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।
अस्पतालमा संचालनमा रहेको कोरोना आइसोलेसनलाई व्यवस्थापन र अक्सिजन सहजताका लागि आर्थिक सहयोग गरेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार





