फाइल फाेटाे
तुलसीपुर, ५ जेठ । तुलसीपुर उपमहानगरपालिका –१२ नम्बर वडाले निशुल्क रुपमा अटो एम्बुलेन्स संचालनमा ल्याएको छ । एम्बुलेन्सले चर्को भाडा लिएको गुनासो आएपछि वडाले अटो एम्बुलेन्स संचालनमा ल्याएको हो । पिसिआर टेष्ट, कोरोना पोजेटीभ देखिएका बिरामीलाई निशुल्क सेवा दिने वडा अध्यक्ष श्याम डाँगीले जानकारी दिनुभयो ।
१९ वटा वडा मध्य १२ नम्बर वडा निशुल्क अटो एम्बुलेन्स सेवा दिने पहिलो वडा हो । कोरोना संक्रमित वा पिसिआर टेष्ट गर्नुपर्ने व्यक्तिले मोबाइल नम्बर ९८५७८२१०४४ वा ९८४७८३३६२७ नम्बरमा सम्पर्क गरेर नाम टिपाउन सकिने अध्यक्ष डाँगीले बताउनुभयो ।
कोरोना महामारीका कारण लकडाउन भएपछि एम्बुलेन्सले एक किलोमिटरकोदुरीमा ३ हजार ५ सय रुपैयाँसम्म भाडा लिने गरेको गुनासो आउने गरेको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार





