२०८३ असोज ५ गते सोमवार

सेनाको राष्ट्रिय साईबर सुरक्षा गोष्ठी सम्पन्‍न

काठमान्डौ, १४ चेत्र । नेपाली सेनाको दोस्रो राष्ट्रिय साईबर सुरक्षा गोष्ठि काठमान्डौमा  सम्पन्‍न भएको छ ।विश्वमा भईरहेको सूचना प्रविधिको बिकाससंगै यसको प्रयोगमा हुन सक्ने साईबर हमला तथा खतरालाई मध्यनजर गर्दै  दोस्रो राष्ट्रिय साईबर सुरक्षा गोष्ठिको   आयोजना नेपाली सेनाले जनाएको छ । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्‍न भएको दुई दिने गोष्ठीमा राष्ट्रिय साईबर सुरक्षा नीतिको आवश्यकता, निर्माण र प्रभावकारीता, राष्ट्रिय साईबर प्रतिरक्षा प्रणाली, राष्ट्रिय साईबर सुरक्षा अपरेशन केन्द्रको आवश्यकता, निर्माण र बनावट तथा राष्ट्रिय साईबर सूचना आदन-प्रदान संयन्त्र लागायतका एजेण्डाहरुमा व्यापक छलफल भएको थियो । समारोहमा सरकारी नियकायहरुको तर्फबाट रक्षा मन्त्रालय, अर्थ मन्त्रालय संचार तथा सूचना प्रविधि मन्त्रालय, सूचना विभाग, नेपाल दुरसंचार प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा गैर सरकारी निकायहरुका विज्ञ प्रतिनिधिहरुको सहभागीता रहेको थियो । गोष्ठीबाट निस्केका गहन निष्कर्ष, राय तथा सुझावहरु राष्ट्रिय साईबर सूरक्षा तथा प्रतिरक्षा प्रणालीको विकासमा महत्वपूर्ण साबित हुने विश्वास नेपाली सेनाले लिएको छ ।      
प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।