तुलसीपुर २५ माघ । नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रम अन्तर्गत दोस्रो बृहत सेमिनार आज सम्पन्न भएको छ । कार्यक्रममा पहिलोदिन ऐतिहासिक सम्पदा संरक्षण र प्रबर्द्धनमा एकीकृत समन्वयको आवश्यकता, एकीकरण स्मृती उद्यानको प्रगति प्रतिबेदन, नेपालको ऐतिहसिक गढी, किल्ला तथा युद्धस्थलहरुको अध्ययन तथा संरक्षण संबर्द्धनमा भइरहेका प्रयासहरु लगायत गोरखा–काठमाण्डौ एकीकरण पदयात्राको समिक्षा र भावी योजनाका सम्बन्धमा छलफल भएको थियो ।
यसैगरि दोस्रो दिन जटही–सिन्धुली ऐतिहासिक पदमार्गको विकास प्रस्ताव, नेपालमा ऐतिहासिक पर्यटन प्रबर्द्धनको सम्भाव्यता, पाल्पा दरबार र सिन्धुलिगढी युद्ध संग्रहालयको बर्तमान अवस्था एवं भावि योजनाका सम्बन्धमा छलफल भएको थियो भने आज दिन सहभागि बिभिन्न निकायका प्रतिनिधीहरुबीच समूहगत छलफल तथां “मेरा साना दुःखले आर्ज्याको मुलुक होईन” भन्ने शिर्षकको नाटक समेत प्रदर्शन भएको थियो ।
सो अवसरमा प्रमसख अथिति प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले सेमिनारबाट निस्केका निश्कर्षहरु महत्वपूर्ण हुने अपेक्षा राखेको बताउनु भयो । इतिहास तथा ऐतिहासिक धरोहरहरुको संरक्षण तथा सम्बर्द्धन गर्दै राष्ट्रिय एकता प्रबर्द्धनमा सहयोग पुर्यााउने उद्देश्य आयोजित कार्यक्रमको उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले गर्नुभएको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।