तुलसीपुर, २४ मंसीर । नेपाली सेनाका प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले पांचथरमा तैनाथ श्री भैरवीदल गण, ताप्लेजुङ्गमा तैनाथ श्री भिमकाली गुल्म, संखुवासभामा तैनाथ श्री नयाँ रणभीम गुल्म र ईटहरीमा तैनाथ श्री पूर्वी पृतना हे.क्वाको निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणको क्रममा थापाले त्यहाँकाे बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिदै सकलदर्जालाई सम्बोधन समेत गरेका थिए ।
त्यसैगरी थापाले श्री सैनिक अस्पताल, ईटहरी लगायत संखुवासभा, भोजपुर र ओखलढुङ्गामा तैनाथ युनिटहरुको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।