२०८३ भाद्र ११ गते बिहिवार

१६ दिने महिला हिंसा बिरुद्धको अभियानमा ओरेक

तुलसीपुर, ९ मंसीर / महिला पुर्नस्थापना केन्द्र ओरेक दाङले भोलीदेखि १६ दिने महिला हिंसा बिरुद्धको अभियान संचालन गर्ने भएको छ ।

मौनता तोडौ, बलात्कार र लंैगिक हिंसा बिरुद्ध बोलौ भन्ने नारा सहित २९ औ अन्तराष्ट्रिय १६ दिने महिला हिंसा बिरुद्धको अभियान मनाउन लागिएको आरेक जिल्ला संयोजक इशवारी थापाले जानकारी दिइन् । कार्यक्रम अनुसार दाङका १० वटै स्थानीय तहमा महिला हिंसा विरुद्धका छलफल, भर्चुअल बैठक, समन्वय बैठक, सेतो रिबन अभियान लगाएतका कार्यक्रहरु छन् ।

अपराध बिरुद्ध समाज र कानूनले शुन्य सहनशिलताको नीति अवलम्बनगरी प्रभावितहरुको आत्मसम्मान सहितको न्यायको अधिकार सुनिश्चितताका लागि ओरेकले पैरबी गर्दै आएको छ ।

यसैबिच वितेको ११ महिनामा मा विभिन्न प्रकृतिका १३४ वटा घटना दर्ता भएका छन् । १६ दिने महिला हिंसा विरुद्धको अभियानको पूर्वसन्धयामा कार्यक्रमका विषयमा जानकारी दिन ओरेकले गरेको कार्यक्रम यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
जसमध्य घेरलुहिंसा ८४, बालबिवाह ८, यौनहिंसा १०, चारीत्रिक आरोप ४, बहुबिवाह ६, सामाजिक हिंसा ४, बालश्रम २, अलपत्र १, जबरजस्ती करणी, ६, बैबाहिक यौन ंिहंसा २, हात्महिंसा ७ वटा रहेको ओरेककी तथ्याङ्क व्यवस्थापक विन्दु शर्माले जानकारी दिईन् । । यो तथ्याङ्क २०७६ पुष १६ देखि २०७७ मंसीर ८ गतेसम्मको हो । त्यसैगरी अत्यन्तै पिडामा परेका २२ जनाले सुरक्षीत आवासको सुविधा लिएका छन् । ति पिडित महिला तथा बालबालिकाको मुद्दा टुङ्गो नलाग्दासम्म सुरक्षीत रुपमा आवासीय सेवा लिने गरेको ओरेकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया