२०८३ साउन ११ गते सोमवार

दाङमा हाल सम्म २५२६ जनामा संक्रमण पुष्टि

तुलसीपुर, ४ मंसीर । दाङमा हाल दुई हजार पाँच सय छब्बीस जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सवैभन्दा धेरै घोराही र तुलसीपुरका नागरिकलाई कोरोना पुष्टि भएको छ । जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्रका अनुसार मंसीर ३ गते सम्मको अद्यावधिक विवरणमा घोराहीका हाल सम्म १०७६, तुलसीपुरका ६६०, लमहीका २५६, राजपुरका ४१, गढवाका ७०, राप्तीका ९५, बंगलाचुलीका १६७,दंगीशरण गाउँपालिकाका २२, बबई गाउँपालिकाका ७२ र शान्तीनगर गाउँपालिकाका ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा स्वाव संकलन गरी कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएकाहरुको मात्रै विवरण अद्यावधिक हुने गरेको केन्द्रले बताएको छ ।

यस्तैगरी जिल्लाका २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तर जिल्लामा १० जनाको मात्रै विवरण अद्यावधिक गरिएको केन्द्रले बताएको छ । जिल्लामा स्वाव संकलन गरी कोरोना परिक्षण गर्दा संक्रमण भई मृत्यु भएकाहरुले अद्यावधिक गरिएको छ । अन्य १४ जना जिल्लाका नागरिक भएपनि उनीहरुको जिल्ला बाहिर कोरोना परिक्षण भएको हुदा जिल्लामा विवरण राखीएको छैन ।

प्रकाशित मिति : २०७७ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया