काठमाडौ,२ मंसीर । देशभर २ हजार ८ सय ७८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो सँगै सङ्क्रमण मुक्त हुनेको हालसम्मको सङ्ख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ । हालसम्म कोरोना निको हुने दर ८४.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
देशभरका प्रयोगशालामा ३ हजार १ सय १२ नमुना परीक्षण गर्दा २ सय ४ महिला र २ सय ९८ पुरुष गरी जम्मा ५ सय २ जनामा सङ्क्रमण पुष्टि भएको छ ।योसँगै देशभर कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या २ लाख ११ हजार ४ सय७५ पुगेको छ । काठमाडौँ उपत्यकामा ३ सय ३९ जना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमा १ सय ४६ महिला र १ सय ९३ पुरुष रहेका छन् । मंगलवार थप १७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर २ गते मङ्गलवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।