दाङ, ४ असोज । रोल्पामा कुटपिट घटनामा संलग्न भएको आरोपमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको अनुसार गत विहिवार रुन्टिगढी ४ माथिल्लो मसिना स्थित ऋषि पञ्चमिको अबसरमा लागेको १ दिने परम्परागत मेलामा झगडा तथा कुटपिट घटनामा संलग्न भएकाहरुलाई शनिवार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा रुन्टीगढी ९ सखी बस्ने १९ बर्षिय रबिन बि.क, सोहि वडाको गुनाम बस्ने १९ बर्षिय बसन्त कुँवर, वडा नम्वर ४ लिघा बस्ने १९ बर्षिय सेमसम रोका, सोहि ठाउँका १९ बर्षको बिरु बि.क, २० बर्षिय रामु बुढा मगर , वडा नम्वर ५ जसपुर बस्ने एक बालक ,वडा नम्वर ९ सखी बस्ने एक बालक र दाङको घोराही १४ बसपार्क घरभई हाल रुन्टिगढी ६ होलेरी बस्ने २० बर्षिय दर्शन सुपार्क मगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । पक्राउ परेकाहरु माथी आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।