२०८३ कार्तिक १९ गते बिहिवार

कोरोना संक्रमणबाट घोराहीका एक जनाको मृत्यु

तुलसीपुर, २ मंसीर । कोरोना संक्रमणबाट घोराहीका एक पुरुषको बाँकेमा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ७५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मंगलवार बिहान मृत्युु भएको हो ।

उनको केही समय अगाडि मुटुको भल्भको अप्रेशन गरिएको थियो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या आएपछि कार्तिक २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका उनको कोभिडको आशंकामा स्वाब परीक्षण गर्दा २७ गते कोरोना पुष्टि भएको थियो ।

त्यसपछि कार्तिक २७ गतेनै उनलाई भेरी अस्पतालमा लगिएको थियो । योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।