२०८३ असोज ५ गते सोमवार

सूचना उपलब्ध नगराउने ३२ वटा कार्यालयलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

काठमाडौ, २७ कात्तिक । राष्ट्रिय सूचना आयोगले एकै दिन सूचना उपलब्ध नगराउने ३२ वटा कार्यालयलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । आयोगको दुई दिनअघि बसेको बैठकले सूचनाको हक सम्बन्धी ऐन र नियमावली अनुसार सूचना उपलब्ध नगराउने ४ वटा संघीय सरकारका मन्त्रालय, ६ वटा स्थानीय तह, ४ वटा विद्यालय तथा क्याम्पस, २ वटा प्रहरी कार्यालय, २ वटा जिल्ला प्रशासन कार्यालय लगायतलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कानुन आयोग, राष्ट्रिय खेलकुद परिषद, पाठ्यक्रम विकास केन्द्र लगायतका कार्यालयले सूचना उपलब्ध नगराएको आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले बताए ।

पछिल्लो समय सूचना उपलब्ध नगराउनेमा ५० प्रतिशत भन्दा बढी स्थानीय तह रहेका उनले बताए । तर आर्थिक वर्ष २०७५÷०७६ मा भने आयोगमा परेका १ हजार १ सय ४४ उजुरीमध्ये सबैभन्दा बढी ६ सय १४ प्रशासन तथा सञ्चार सम्बन्धि र त्यसपछि ४ सय ३७ आर्थिक क्षेत्रको सूचना नपाएको उजुरी परेको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।