दाङ, १ असार –
दाङको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा दुई बर्ष भित्र थप ५० बेड सेवा दिन सक्ने गरी मल्टी पर्पोज कम्पेक्स बिल्डीङ निर्माण हुने भएको छ । उप क्षेत्रीय अस्पतालले आज बिहिबार एम.के. दिवा ज्वाईन्ट भेन्चर जेभीसंग १६ करोड २२ लाख ९४ हजार रुपैयाको लागतमा निर्माण सम्पन्न गर्ने गरी द्घिपक्षीय सम्झौता गरेको छ ।
अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेन्ट डा. जनार्दन पन्थी र निर्माण कम्पनीको तर्फबाट आधिकारिक प्रतिनिधी अच्युतराज गौतमले संयुक्त हस्ताक्षर गर्नुभएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जनार्दन पन्थीले लामो प्रयास पछि सबै प्रकृया पुरा गरी थप ५० बेड सहित सेवा दिन सक्ने गरी कन्ट्रक्सन अफ मल्टी पर्पोज बिल्डीङ निर्माणका सम्झौता गरिएको बताउनु भयो । सम्झौतामा हस्ताक्षर पनि निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि गौतमले समयमै निर्माण सम्पन्न गर्ने प्रतिबद्घता समेत व्यक्त गर्नुभएको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान बन्ने तयारीमा रहेको उप क्षेत्रीय अस्पतालमा मल्टी कम्लेक्स भवन निर्माणले पुर्बाधार बिकासमा थप टेवा दिने छ । राप्ती उप क्षेत्रीय अस्पतालले सेबा बिस्तार र पुर्बाधार बिकासका काम गरिरहेको भएपनि चिकित्सकहरुको दरबन्दी थप नहुदा अपेक्षित सेवा दिन सकेको छैन । तथापी अस्पतालमा मृगौला रोगीका लागि डाईलाईसीस लगायतका सेबा बिस्तार गरिसकेको छ । अस्पतालले निकट भबिश्यमै अक्सीजन प्लाष्टबाट आफै अक्सीजन उत्पादन गरि सेबा दिने तयारी गरेको छ भने अस्पतालकै पहलमा आईसीयु सेवा समेत दिने तयारी गरिरहेको अस्पताल प्रसासनले जनाएको छ ।