कार्तिक २३, मसुरीया(देउखुरी दाङ) / राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा सञ्चालनमा रहेको एकमात्र कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टर आगामी मंसिर १ गतेवाट बन्द हुने भएको छ । हालसम्म चार पालिकाका २५५ जना कोरोना संक्रमितलाई आईसोलेट गरि २४६ जनालाई डिसचार्ज गर्दैै हाल ९ जनामात्र रहेको आईसोलेसन सेन्टर बन्द हुने भएको हो ।
राप्ती प्राविधिक शिक्षालय राप्ती गाउँपालिकाको मौरीघाट दाङमा रहेको कोरोना विशेष देउखुरी आईसोलेसन रहेको कोरोना विशेष देउखुरी आईसोलेन सेन्टर रहेको भवन प्रदेश सभाको हिउदे अधिवेसन तयारीको लागि आवश्यक पर्ने भएकोले चार वटै स्थानीय तहले आ आफ्नो पालिकामा आईसोलेसन सेन्टर सञ्चालन गर्ने गरी कोरोना विशेष देउखुरी आईसोलेन सेन्टर बन्द गर्ने निर्णय गरिएको हो ।
कोरोना विशेष देउखुरी आईसोलेसन केन्द्रका सञ्चालन तदर्थ समितिका अध्यक्ष नुमानन्द सुवेदीकाे अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, लमहि नगरपालिका उपाध्यक्ष देवका बेलवासे, गढवा र राजपुर गाउँपालिकाहरु अध्यक्ष शहजराम यादव, लोकराज केसी, लेफ्टीनेन्ट कर्णेल विजय बस्नेत लगायतकाे सहभागीत रहेकाे थियाे ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।