तुलसीपुर, २३ कार्तिक । रोल्पाका कोरोना संक्रमित एक पुरुषको बाँकेमा मृत्यु भएको छ । रोल्पाको लिवाङ नगरपालिका वडा नं. ४ का ५६ वर्षीय पुरुषको गए राती सवा १२ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनलाई कार्तिक १४ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुर ल्याइएको थियो । कोभिडको आशंकामा स्वाब संकलन गरेर परीक्षण गर्दा १५ गते उनमा कोरोना पुष्टि भएको थियो ।
त्यसपछि कार्तिक १६ गते उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार विगत १ महिनादेखि उनमा जण्डिसको समस्या थियो ।
प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार






