दाङ, २० कात्तिक । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाङका सचिवालय सदस्य मान बहादुर विश्वकर्माको स्वास्थ्यमा सुधार आउन थालेको छ । एक्कासी प्रेसरको गम्भिर विरामी परेपछि उनलाई उपचारका लागी नेपालगन्ज हुदै काठमाडौ लगीएको हो । उनको अहिले काठमाडौ स्थित मेडिसिटी हस्पिटलमा उपचार भईरहेको उनका आफन्तीले जानकारी दिएका छन् । गएको कात्तिक १५ गते एक्कासी प्रेसर बढेपछि उनलाई नेपालगन्ज उपचारका लागी लगीएको थियो ।
नेपालगन्ज मेडिकल कलेजमा आईसियु खाली नभएपछि काठमाडौ लगीएको उनका आफन्तीले बताएका छन् । मेडिसिटी हस्पिटलमा आईसियुमा राखेर उपचार भईरहेकोमा उनलाई बुधवार देखी जनरल वार्डमा सारिएको छ । उनको स्वास्थ्यमा सुधार आउन थालेपछि जनरल वार्डमा सारिएको हो । उनले खाना खान र सामान्य कुराकानी गर्न सक्ने अवस्थामा रहेको बताईएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार






