तुलसीपुर, ५ कार्तिक / भिरमौरीको टोकाईबाट तुलसीपुरमा धान काट्दै गरेकी एक महिला बिरामी भएकी छन् ।
बिरामी हुनेमा तुलसीपुर उपमहानगरपालिका–१८ मनिकापुर निबासी ३७ बर्षकी रीता नेपाली बिरामी भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।
घर नजिकै खेतमा धान काट्ने क्रममा वन मौरीले उनलाई टोकेको थियो । उनको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार





