प्युठानमा बस पल्टिदा दाङ घर भएका चालकको मृत्यु

तुलसीपुर, ४ कार्तिक / प्युठानको गोलबाङमा बस पल्टिदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । मत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–३ बन्जाडी निबासी बस चालक ४० बर्षका तारा राना रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख सुनिल मल्लले जानकारी दिनुभयो ।

घटनमा परेर घाईते भएका प्युठानको माण्डवि – १ तिराम बस्ने बर्ष ६६ का गोकर्ण अधिकारी, बर्ष ४५ कि लक्षमी खत्री र दाङको बंगलाचुली गाउँपालिका बस्ने ३० बर्षीया बसन्ता बिक घाइते भएको प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो । उनिहरुलाई एम्बुलेन्स मार्फत उपचारका लागि दाङमा लगिएको छ ।

माण्डवि गाउँपालिका २ तिरामबाट घोराहीका लागि क्युमा छुटेको ना ४ ख ५५६१ नम्बरको बस बिहान पौने दश बजे सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना परेको हो ।स्टार्ट नभएपछि सहचालक र अर्का एक स्थानीयले बसलाई घुचेटेपछि गुडेको बसको ब्रेक नलागेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा ३ जना मात्रै यात्रु थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया