
दाङ, २७ असोज । रुकुम पश्चिमको हत्याकाण्डमा पक्राउ परेका मध्ये आठ जनालाई उच्च अदालत सुर्खेतले थुनामुक्त गर्न आदेश दिएको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विकसहित छ जनाको हत्या भएको घटनामा संग्लन भएको आरोपमा पक्राउ परेका मध्ये ८ जनालाई उच्च अदालत सुर्खेतले छाड्न आदेश दिएको छ ।रुकुमपश्चिम जिल्ला अदालतको आदेशमा थुनामा रहेका ३६–४० र ३६–३९, लोकेन्द्र घर्ती, डिल्ली घर्ती, तुलाराम घर्ती, सौरभ पुन, सविन पुन र भीमबहादुर पुनलाई उच्च अदालतले छोड्न आदेश दिएको हो ।
आइतबार उच्च अदालत सुर्खेतका मुख्यन्यायाधीस कुमाल चुडालको एकल इजालासले गरेको फैसलामा आठ जनालाई छाड्न आदेश दिएको हो । रुकुम जिल्ला अदालतले ८ असारमा गरेको आदेशविरुद्ध उच्च अदालत सुर्खेतमा घटनामा संग्लन परिवारका सदस्यहरूले रिट दायर गरेका थिए ।
निदेदकहरुको रिट माथी सुनुवाई गदै उच्च अदालत सुर्खेतले रुकुमपश्चिम जिल्ला अदालतले गरेको आठ जनाको विरुद्धको आदेशलाई बदर गरी दिएको हो ।रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोती घटनामा संलग्नता भएको अभियोगमा ३४ जनाविरुद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेदभाव विरुद्धको अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।
उनीहरु विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा भेदभावको कसुर र एक जनालाई मतियारको रुपमा मुद्दा दर्ता भएको थियो । घटनाका आरोपीमध्ये वडाध्यक्षसहित २३ जनालाई अदालतले गएको असार १० गते पूर्वपक्षका लागि थुनामा पठाएको थियो ।सोती घटनामा संलग्न भएको आरोपमा २९ जना पक्राउ परेका थिए । जसमा तीन जनालाई तारेखमा र एक जनालाई १ लाख रुपैयाँ धरौटीमा छाड्न यस अघि अदालतले आदेश दिएको थियो ।सोती घटनामा नबराज सहित गणेश बुढा, सन्जु बिक , लोकेन्द्र सुनार, टिकाराम सुनार , गोबिन्द शाहीको निर्मम हत्या भएको थियो ।