घोराहीका कोरोना संक्रमित बालकको कोहलपुरमा मृत्यु

तुलसीपुर, २४ असोज / कोरोना संक्रमित दाङका एक बालकको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका–३ गोग्लीका १५ बर्षीय किशोरको उपचारका क्रममा हिजो साँझ आठ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनलाई असोज १९ गते कोरोना पुष्टि भएको थियो । योसंगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार
प्रतिक्रिया