जहाँ चुनौती त्यहाँ अवसर छ !

भारतसंग जोडिएको दाङको गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास नाकामा निर्वार्चित भएर जनप्रतिनिधि आइसकेपछि कोइलाबास नाकाको मुहारमा परिवर्तन आएको छ । निर्वार्चित भएर आएका नेपालकै कान्छा वडाध्यक्ष सद्दाम सिद्दिकिले अहिले सम्म वडा क्षेत्रमा केके गर्नुभयो । यो सबैका चासोको विषय पनि हो । यस विषमा रहेर देउखुरीबाट तुलसिपुर खबर डटकमकर्मी शिवु खनालले गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिसंग गरिएको कुराकानी ।

यहाँलाई स्वागत छ है ?
धन्यवाद सर हजुरलाई ।

यहाँको दिनचार्य कसरी वितिरहेको छ आज भोली ?
खासगरि जनताकै कामकाजमा मैले समय खर्चिने गरेको छु । जनताबाट निर्वाचि भएर आइसकेपछि जनताकै काम गर्नै प¥यो । जनताले मलाई काम गर्ने भनेर चुनेका हुन् । अहिले अव (कोभिड १९) को महामारी पनि छ । स्वास्थ्य मापण्ड अपनाएर जनताकै कामकाजमै व्यवस्त छु भन्नुपर्छ ।
निर्वार्चि भएर स्थानिय तहमा आइसकेपछि विकासका गतिविधिहरु केके गर्नुभयो ?

म निर्वार्चित भएर आइसकेपछि वडाका धेरै विकासहरु भएको छ । यो विषयमा धेरै मैले धेरै भन्नुपर्दैन होला । किन भने विकासका प्रत्येक अपडेटमा मैले हजुरहरुलाई नै बोलाएको हुन्छु् । म निर्वार्चित हुनुभन्दा पहिला कोइलाबास हिन्दी फिल्म करण अर्जुनमा देखिने पुरानो हभेली जस्तै खण्डर थियो । अहिले पुरा खण्डरका संरचना हटाईको छ । विकासको क्रममा केही विनाश त हुन्छ हुन्छ, त्यो स्वभाविकनै हो । पुराना संरचनाहरु हटाइ सडक पक्की सडक निर्माण गरिएको सजिलै देख्न सक्नुहुन्छ हजुरहरुले । अव्यस्थित बजारलाई व्यवस्थापन गरिएको छ । वडाका खानेपानी, यातायात, शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रमा निकै महत्वपूर्ण कामहरु सम्पन्न भएको छ ।

शिक्षा क्षेत्रमा के के गर्नु भयो ?
यस गढवा गाउँपालिका नम्बर ८ मा रहेका चारवटा सामुदायिक बिद्यालयहरु रहेका छन् । जस अन्तरगत महेन्द्र आधारभुत प्राथामिक बिद्यालय, उदय प्राथामिक बिद्यालय मुसीनाका, दुर्गा प्राथामिक बिदालय खबरीनाका र मदर्सा प्राथामिक बिद्यालय कोईलाबास रहेका छन् । म निर्वाचित हुनुभन्दा अगाडि यी बिद्यालयहरुको शैक्षिक तथा भौतिक समस्याहरु धेरै थिए । जब म स्थानिय तहको चुनावमा विजय भई यस गढवा गाउँपालिका वडा नम्बर ८ को वडाध्यक्ष भईसके पछी आर्थिक वर्ष २०७४÷०७५ श्रावन महिना देखि वडा अध्यक्षको जिम्मेवारी पाईसके पछी यस वडामा रहेको सामुदायिक बिद्यालयहरुको शिक्षा क्षेत्रमा देखिएका शैक्षिक तथा भौतिक समस्याहरुलाई समाधान गरेको छु ।

वडाको साठी हजार बजेटमा उदय प्राथमिक बिद्यालय मुसीनाका खेलकुद तथा सरस्वती मन्दिर निर्माण, नब्बे हजार बजेटमा दुर्गा प्राथमिक दिद्यालय खबरीनाका मन्दिर निर्माण, महेनद्र आधारभुत बिद्यालय कोईलाबासमा पचाँस हजारमा खेलकुद तथा विद्युतीय सामाग्री खरिद, मदरसा प्राथामिक बिद्यालय कोईलाबास पचाँस हजार, दुर्गा प्रा.विमा एक लाखको लागतमा सरस्वती भगवानको मन्दिर, महेन्द्र आधारभुत बिद्यालय कोईलाबासमा वडाको पचाँस लाख बजेटमा भवन निर्माण, मदर्सा प्रा.विमा चार लाखको लागतमा नयाँ भवन निर्माण गरिएको छ ।

वडा कार्यालयको माग सिफारीस तथा विद्यालय ब्यवस्थापन समितिको निर्णय माग अनुसार गढवा गाउँपालिका शिक्षा शाखाबाट कोईलाबास महेन्द्र आधारभुत प्राथमिक बिद्यालयमा सात लाख बजेटमा पानी सहीतको शौचालय निर्माणका गरिएको छ । यसरी बिद्यालय क्षेत्रमा वडाबाट बजेट छुटटाएर विद्यालयहरुको भौतिक निर्माण गरी बिद्यार्थीहरुको बसाई तथा पढाईमा सहजता ल्यायने काम गरीएको छ ।

स्वास्थ्य क्षेत्रमा के के गर्नु भयो ?
यस कोईलाबास स्वास्थ्य चौकीमा पनि नेपाल सरकारले निःशुलक उपलब्ध गराउने ३५ किसीमको औषधि समेत उपलब्ध हुन नसक्दा औषधिको आभावमा बिरामीहरु बाहीरबाट औषधि खरीद गरी खानु पर्ने बाध्यता तथा प्रशासनिक काम काज गर्नका लागी कम्प्युटर प्रिन्टरको समेत ब्यवस्था नभएको अवस्था थियो । जस्ले गर्दा स्वास्थ्य चौकीमा आउने सेवाग्राहीले धेरै सास्ती खेप्नु परेको थियो ।

बिरामी तथा गर्भती महिलाहरुलाई स्वास्थ्य चौकी सम्म बोकेर ल्याउने अवस्था भई स्वास्थ्य व्यवस्थापनमा सुधार ल्याउनको लागी वडा बाटै आवश्यक स्वास्थ्य चौकीको लागी प्रतिवर्ष गरी औषधि खरीदको लागी, हाल सम्म एक लाख चौरानब्य हजार बजेट बिनियोजन गरी औषधि स्वास्थ्य चौकीमा ल्याईएको छ । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा कोईलाबास स्वास्थ्य चौकीको एम्बुलेन्सको खरीदका लागी रु तेह्रलाख वडाबाट बजेट छुटयाईएको हँुदा गाउँपालिका बाट २०७७ साल मंसिर महिना सम्म खरीद गरी कोईलाबास स्वास्थ्य चौकीमा ल्याउन लागीएको छ ।
खानेपानीको क्षेत्रमा केके गर्नु भयो ?
यस कोईलाबासमा खानेपानीको पहीले निक्कै समस्या थियो । पानी गर्मी याममा नेपाल भारत सिमा क्षेत्र नजिकै रहेको बोडरमा एस.एस.बी क्याम्पबाट लिन जानुपर्ने बाध्यता थियो । कहीले काही क्याम्पमा पानी तान्ने मोटर बिग्रीदा पाँच किलोमिटर तल भारत जरवाबाट पानी ल्याउने समस्या थियो ।

म निर्वाचित भएर स्थानिय तहमा आइसकेपछि डीप टयूवल गर्नका लागी पानी कुन ठाउँमा छ भनी सर्भे गर्ने काम गराईयो जस अनुसार सर्भेको रिपोर्ट अनुसार डिप बोेरीङको लागी गढवा गाउँपालिकाको सिमाक्षेत्र विकास कार्यक्रम अन्तर्गत माग गरी डिप बोरीङ खन्ने काम सम्पन्न भईसकेपछी पानी निस्क्यो । उक्त पानी चलाउदै गर्दा एक घन्टा पछी धुमीलो पानी दिन थालेपछी पुनः जिल्ला खाने पानी तथा सरसफाई डिभिजन कार्यलय घोराहीबाट कोईलाबास खाने पानीको लागी डीप बोरीङ गर्नको लागी माग गरी पुनः डिप बोरीङ गरीयो यसरी यसपटक डिप बोरीङ गरी सकेपछी करीब दुइ ईन्ची पानी निकाल्न सफल भईयो र हाल कोईलाबासमा पानी बिस्तारको लागी पाईप लाईन जडान गरीसकीएको छ । अव कोइलाबासका स्थानियहरुको घर–घरमा शुद्ध खानेपानीको पु¥याउने तयारी भइरहेको छ ।

विधुतको क्षेत्रमा केके गनु भयो ?
यस गढवा गाउँपालिका वडा नम्बर ८मा रहेको मुसीनाका र खबरीनाकामा बिद्युत् नभएको अवस्थामा वडाबाटै जसरी पनि खबरी र मुसीनाकामा बिद्युत् लाईन पु¥याउनु पर्छ भन्ने उद्देश्यले वडाबाटै आर्थिक वर्ष २०७५÷०७६ मा मुसीनाका बिद्युत् विस्तारको लागी रु विसलाख बजेट छुट्याएर बिद्युत् बिस्तारको काम संचालन गरी हाल मुसीनाका गाउँमा करीब तिस घर परीवारले विद्युत् लाईन घरमा जडान गरीसकेका छन् । त्यस्तै खबरीनाकामा पनी बिद्युत्को लागी वडाबाट वडा समितिको माग अनुसार गाउँकार्यपालिका बाट बिद्युत् बिस्तार माग योजना माग गरी रु विसलाख बजेट ब्यवस्थापन गरीएको थियो र खबरीनाकामा प्रदेश सरकारबाट कोईलाबास बाट खबरी हुँदै सिरीयानाका सम्म बिद्युत् लाईन विस्तार गर्ने काम शूरु भई सकेको हुँदा विसलाख बजेटबाट खरीद गरीएको बिद्युत् सामाग्री गाउँमा बिस्तार गर्न लागीएको छ ।
यातायात क्षेत्रमा केके गर्नु भयो ?
यस वडाको खबरीनाका र मुसीनाका सम्म बाटो ट्र¥याक निर्माणको लागी वडाबाट हाल सम्म क्रमागत रुपमा चासिललाख सम्म बजेट बिनियोजन गरी नयाँ ट्र¥याक निर्माण खोलीएको छ । यसरी बाटो बनाउदा अन्य बिकास निर्माको सामान ढुवानी गरी लग्नको लागी मुसिनाका र खबरीनाकाबासीलाई सहयोगका साथै अन्य कामकाजको लागी सहजता भएको छ । साथै डाँडा गाउँमा पनि गाउँपालिका तथा वडाको पचाँस लाख बजेट विनियोजन गरि पचाँस मिटर बाटो चौडाई तथा नाली निर्माणको काम सम्पन्न भएको छ ।

जन्ताको आधारभुत आवश्यकता लाई यहाँले कसरी नियाल्नु भएको छ ?
यस वडामा हाल एकसय अठासी घरधुरी संख्या रहेका छन् । जस मध्ये ९५ प्रतिशत गरीबी अवस्थामा रहेका छन् । यही विषयलाई मध्ये नजर गर्दै खरका छाना हटाई टिनको छाना विस्तार गर्नका लागी वडा बाटै रु त्याइस लाख बजेट छुटयाएर छियासी घरलाई जस्ता पाता टिन दश फुटको विस पाता प्रती घरलाई वितरण गरिसकेका छाँै । त्यसैगरी कोईलाबास भारतीय पर्यटकीय दृष्टिले उत्तम भएकोले यस कोईलाबासमा आर्थिक वर्ष २०७६÷०७७ को पैतिस लाख बजेटबाट पार्क बनाउन थालीएको छ । यसरी पार्क बनाउदा पर्यटकहरु आउने र व्यापार व्यवसाय बढ्ने भई कोईलाबामबासीको आम्दानी बढ्ने र आधारभुत आवश्यकता पुरा गर्न सहज हुने देखिन्छि ।

काम गर्ने क्रममा चुनौतीहरु त पक्कै आएका होलान् नी ?
जहाँ पुनौती त्यहाँ अवसर प्राप्त हुन्छ । वडाध्यक्ष भई काम गर्दै जाँदा सिमित स्रोत साधनबाट जनताको असिमित अवश्यकताहरु पुरा गर्न निकै नै कठीन हुँदोरहेछ । एउटा वडाध्यक्ष भई सकेपछी वडाको अभिभावकको जिम्मेवारी निभाउन कैयौँ चुतौतीहरुको सामाना गर्नु पर्दोरहेछ । चुनौती आउनु स्वभाविक हो । सामाना गरेर अगाडि बढ्नुपर्छ ।

कोइलाबास नाकाको समग्र विकासको लागी यहाँले केही त्यस्तो योजना बनाउनु भएको छ ?
धन्यवाद निकै राम्रो प्रश्न गर्नुभयो यहाँले । कोइलाबास नाका भारतसंग जोडिएको पुराना नाका हो । यहाँ आज भन्दा केही वर्ष अगाडि हाम्रा बाउबाजेले नुन बोक्नुभयो । अहिले त्यो कोइलाबास खण्डर भन्दा अरु केही छैन । अव यो कोइलाबास नाकाको विकासको लागी यहाँका स्थानिय, राजनितिक दल, नागरिक समाज, समाजसेवी सबैसंग सहकार्य र वृहत छलफल गरि यस नाकाको विकासको लागी दिर्घकाली योजना बनाइ अगाडि बढ्ने प्रयन्त गरेको छु ।

अन्त्यमा केही भन्नुपर्ने ?
विशेषगरी किन यस गढवा गाउँपालिका वडा नम्बर ८ का गतिविधिहरु यस तुलसिपुर खबर डटकममा प्रकाशित गरि यस क्षेत्रमा भएका कामकाजलाई मिडिया क्षेत्रमा पु¥याइ सहयोग गरिदिनु भएकोमा हृदय देखि आभारी छु । यस अनलाइन पत्रिकाले अन्य दिनहरुमा पनि मलाई सहयोग पु¥याउदैँ आइरहेको छ । आगामि दिनहरुमा पनि यहाँहरुको साथ र सहयोगको खाचो पर्ने छ । यसरीनै सहयोग गर्नुहुनेछ भन्ने अपेक्ष गरेको छु, धन्यवाद ।

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार
प्रतिक्रिया