तुलसीपुरमा भएका विभिन्न सवारी दुर्घटनामा ३ जना घाइते

तुलसीपुर, ११ असोज / तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ३ जना घाईते भएका छन् । रुकुमबाट तुलसीपुर आउँदै गरेको लु६१प ४०५२ नम्बरको मोटरसाईकल साढे १० बजे लाहुरेचौरमा अनियन्त्रीत भएर पल्टिदा रुकुमको मुसीकोट नगरपालिका–२ राउखेत निबासी २२ बर्षका नविन पुनमगर घाईते भएका छन् ।

मोटरसाईकललाई अस्थायी प्रहरी पोष्ट गोठीखोलाले नियन्त्रणमा लिएको छ । त्यसैगरी तुलसीपुरको वीरेन्द्र चोकमा लु१स ८१५२ नम्बरको अटो रिक्सा पौने १ बजे पल्टिदा त्यसमा सवार सल्यानको बागचौर नगरपालिका–९ निबासी २५ बर्षका पवन डाँगी घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए । मादकपदार्थ सेवन गरेर अटोरिक्सा चलाएको भन्दै प्रहरीले तुलसीपुर–९ बेलुवा निबासी कृष्ण बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता तुलसीपुर –१३ भन्ज्याङमा गुडीरहेको मोटरसाईकलबाट खसेर एक वृद्ध घाईते भएका छन् । अमिलियाबाट तुलसीपुर तर्फ आउँदै गरेको रा२प७२६ नम्बरको मोटरसाईकलमा पछाडी सवार तुलसीपुर–१२ पुकार पसल निबासी ६८ बर्षका राम सुरज पाण्डे घाईते भएको प्रहरीले जानकारी दिएको छ । घाईते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ असोज ११ गते आइतवार
प्रतिक्रिया