तुलसीपुर, १० असोज / तुलसीपुरको दुधेनामा मोटरसाईकल पल्टिदा चालक गम्भिर घाईते भएका छन् ।
घाईते हुनेमा दंगिशरण गाउँपालिका–७ श्रीगाउँ निबासी ३२ बर्षका सुवाश विश्वकर्मा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाईते विश्वकर्माको तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।
दोघरेबाट पश्चिम तर्फ जाँदै गरेको रा३प ७२३९ नम्बरको मोटरसाईकल करिब राति ९ बजे अनियन्त्रीत भएर पल्टिदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ असोज १० गते शनिवार





