२०८३ असोज २३ गते शुक्रवार

दाङमा लकडाउन थपिने सम्भावना बढ्यो

तुलसीपुर, २० भदौ । जिल्ला संकट व्यवस्थापन समिति दाङले लकडाउन थपिने संकेत गरेको छ । आज एक बालकसहित ३७ जनामा कोरोना संक्रमण देखिएपछि लकडाउन थप्ने सम्भावना बढेको समितिका संयोजक तथा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

‘आजको रिपोर्ट अनुसार लकडाउन एक हप्ता थप हुन्छ,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने–‘ समितिका सदस्यहरुले कसरी भन्नुहोला र यस्तो देखि–देखि लकडाउन हटाउने ।’

लकडाउनको विकल्प नभएको भन्दै प्रमुख जिल्ला अधिकारी रिजाले भोली बैठकले नै निर्णय गरेर एक साथा लकडाउन थपिने बताए । संकट व्यवस्थापन समितिमा दाङका पालिका प्रमुख र सुरक्षा समितिका प्रमुखहरु रहने व्यवस्था छ । लकडाउन भोली (आइतबार) रातीबाट सकिदै छ ।

प्रकाशित मिति : २०७७ भाद्र २० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।