२०८३ असोज २३ गते शुक्रवार

राप्ती प्रादेशिक अस्पतालमा आजदेखि सेवा सुरु भयो

तुलसीपुर, १७ भदौ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आजबाट ओपिडी (बहिरंग) सेवा सुरु भएको छ ।

अस्पतालले सबै सेवा सुचारु गरेपछि आजदेखि बिरामीहरु उपचारका लागि आउन थालेको अस्पतालका वरिष्ठ कन्सलटेन्ट जनरलिष्ट डा. पदमराज अधिकारीले जानकारी दिए ।

ओपिडी, ईमरजेन्सी र प्रसुती सेवा सबै ठाउँमा बिरामी आइसकेको र चेकजाँच र अप्रेसन समेत सुरु भइसकेको डा.अधिकारीले बताए  । अस्पतालमा कार्यरत २ जना चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि १३ गतेदेखि ओपिडी सेवा बन्द गरिएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।