राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप २ जनामा कोरोना

तुलसीपुर, १६ भदौ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप २ जना सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेकाे नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा एक जना स्टाप नर्स र एक जना कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिनुभयो ।

त्यसैगरी कन्ट्रयाक ट्रेसिङका आधारमा घोराहीका ४२ बर्षका पुरुष र तुलसीपुर–५ का २ जना महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ । भदौ १३ गते २ जना डाक्टर सहित ९ जनामा कोरोना देखिएपछि १४ गते २ सय ५० जनाको स्वाब संकलन गरिएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया