तुलसीपुरमा लकडाउन अवज्ञा गर्ने १४३ जना पाँच घन्टापछि मुक्त

तुलसीपुर, १६ भदौ । लकडाउनको उलंघन गरेको भन्दै प्रहरीले तुलसीपुरमा एक सय बढीलाई होल्डमा राखेर छाडेको छ । बिहान पाँच बजेदेखि बजारमा हिडिरहेका १ सय ४३ जनालाई करिब ५÷६ घन्टा होल्डमा राखेर पौने ११ बजे छाडेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका ईन्चार्ज तथा प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

होल्डमा बसेका अधिकांसले डेरीमा दुध किन्न, तरकारी किन्न, फ्रेस हुन आएको भन्दै जानकारी दिएको प्रनाउ सिंहले बताए । ‘बजार पुरै बन्द छ । तर नागरिकहरु भने तरकारी, दुध किन्न भन्दै बजारमा निस्कीएका छन् ,’ प्रनाउ सिंहले भने –‘ कोरोनाको भयावह अवस्था हुँदा समेत नागरिकहरु सचेत हुँदैनन् । उल्टै झगडा गर्छन् ।’

यसैविबच विभिन्न खाद्यन्न, औषधी, ग्याँस र अन्य सामानज बोकेका साना ठूला गरेर ३१ वटा सवारीसाधनलाई पनि होल्डाम राखिएको छ । सोमबार देखि एक हप्ताका लागि लकडाउन गरिएपछि प्रहरीले तुलसीपुर सहित पश्चिम दाङमा प्रहरीले कडाई गरेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया