२०८३ असार २६ गते शुक्रवार

दाङमा लकडाउन गर्ने तयारी

तुलसीपुर, ११ भदौ । दाङमा कोरोना संक्रमण बढ्न थालेपछि लकडाउनको तयारी गरिएको छ । शनिबार जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बस्ने बैठकले यसको टुङ्गो लगाउने समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । संक्रमण बढ्दै गएकाले लकडाउनको विकल्प नभएको रिजालले बताए ।

उनका अनुसार दाङमा अहिलेसम्म ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएकोमा ८८ जनाको विभिन्न आइसोलेशनमा उपचार भइरहेको छ भने अन्य उपचारपछि घर फर्कीएका छन् । ‘आजको रिपोर्ट कस्तो आउँछ त्यो पनि हेर्छौ । अहिले कोरोनाको विश्लेषण गरिरहेका छौ,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने – ‘ करिब करिब तयारीमा पनि छौ । शनिबार बैठक पनि बस्दै छ । त्यसपछि हामी लकडाउन गछौं ।’

यसैविच पश्चिम दाङमा भोलीदेखि लकडाउन गर्ने गरि तुलसीपुर उपमहागनगरपालिका सहित शान्तिनगर र बबई गाउँपालिकाको संयुक्त बैठक दिउसो ३ बजे बस्दै छ । बैठकले लकडाउन गर्ने या नगर्ने भन्ने विषयमा आजै निर्णय गर्ने तुलसीपुर उपमहागनरपालिका प्रेस संयोजक वसन्त आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया