२०८३ असार १० गते बुधवार

तुलसीपुर आएपछि डरलाग्दा कुरा सुने !

तुलसीपुर क्षेत्र अपराधिक गतिविधिले परिचित ठाउँ हो । विभिन्न समयमा हुने हत्या, लागुऔषध, लुटपाट, जुवातास, चन्दा असुली, अपहरण लगाएतका कारणले प्रहरीले पनि तुलसीपुरलाई अपराधिक हवका रुपमा लिएको छ । यस क्षेत्रमा संचार उद्यमी देवीप्रसाद धिताल (हेमराज) लगाएत झण्डै दर्जन बढी हत्याका घटनामा संलग्न दोषीको अझै पहिचान हुन सकेको छैन् । यस्तो अवस्थामा प्रहरीले अपराधिक घटना न्युनिकरण लागि के गरिरहेको छ । यसै विषयमा केन्द्रित रहेर ईलाका प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज तथा प्रहरी नायव उपरीक्षक शिव बहादुर सिहसंग गरिएको कुराकानी सार संक्षेप ।

सन्चै हुनुहुन्छ ?

एकदमै सन्छै छु  हजुर ।

आज भोली कसरी दिन वितिरहेका छन्  ?

शान्ति सुरक्षाको स्थितिलाई कसरी मजबुत बनाउने र विशेष गरेर तुलसपिुर एरियामा शान्ति सुरक्षालाई मध्यनजर राखेर विभिन्न कार्यक्रमहरु गरिरहेका छौ र यसैमा नै म व्यस्त छु ।

सुन्दाको तुलसीपुर र भोग्दाको तुलसीपुरमा के फरक पाउनु भयो ?

म यहाँ आउनु भन्दा पहिला तुलसीपुरको अवस्थाको बारेमा बुझ्ने प्रयास गरेको पनि थिए । त्यतिबेला पनि मलाई भनिएको थियो यो अपराधिक घटनाको हप पनि हो । विशेष गरेर ५ नम्बर प्रदेशमै सबैभन्दा बढी अपराधका घटना हुने ठाउँ पनि हो भनेर मैले नेगेशन पाएको थिए । यहाँ आइसेकपछि त्यो भन्दा पनि डरलग्दा कुराहरु पनि सुने । त्यो के हो भने विशेष गरेर राष्ट्रिय लेबलमा मात्रै होइन अन्तराष्ट्रिय लेबलमै बदनाम भएको ठाउँ र अपराधका घटना बढी हुने भएकाले संयुक्त राष्ट्र संघले नै सूचिकृत गरेको ठाउँ रहेछ । कुनै पनि विदेशी नागरिकहरु यहाँ आएर बस्न नसक्ने कुरा मैले सुने । विदेशी नागरिकहरु एनजीयो÷आईएनजीयोको कार्यक्रम लिएर आए पनि दिनभारी यहाँ काम गर्ने र बास बस्न घोराही वा अन्य ठाउँ जानुको कारण केहि नभएर शान्ति सुरक्षाको नै कारण हो भनेकाले अझ म बिचलनको अवस्था मा नै थिए ।

तपाई त नेपालगन्जमा पनि बस्नुभयो । नेपालगन्ज र तुलसीपुरमा हुने अपराधका घटनाको प्रकृतिमा के फरक पाउनु भयो ?

अपराधका घटनाहरु ठाउँ विशेष र सोसाईटी विषेशका आधारमा हुन्छन् । जस्तै यहाँ पनि तुलसीपुर बजारमा घट्ने घटनाहरु गाउँमा नघट्न सक्छन र गाउँमा घट्ने घटनाहरु बजारमा नघट्न सक्छन् । त्यसैले बाँके र तुलसीपुरको तुलना गर्ने हो भने अलिकति फरक छ । त्यो बोर्डर साइड हो । त्यहाँ विभिन्न सामप्रदायीक घटनाहरु घट्छन् । त्यसैले त्यहाँ र यहाँ केहि फरक छ ।

तुलना गर्दा अपराधका घटना त्यहाँ की यहाँ बढी ?

नेपालगन्ज ५ र ६ नम्बर प्रदेशको बिचमा भएकाले घटना त बढी नै हुन्छन् तर रेसियोलाई हेर्ने हो भने तुलसीपुरमा अपराधिक घटना बढी छ । विशेष गरी तुलसीपुरको ४÷५ महिनाको अपराधको तालिका हेर्ने हो भने त्यहाँको भन्दा अपराधिक घटना तुलसीपुरको अत्याधिक छ ।

उसो भए बाँकेको नेपालगंजलाई तुलसीपुरले उछिनेको छ ? 

यसलाई यसरी बुझौं । सामाजिक अपराधिक कुयाकलापहरु जस्तै घेरुलु हिंसा, लैङ्गीक हिंसा, महिला हिंसा लगाएतका घटनाहरु अत्याधिक मात्रामा छन् । सुसाईटका केशहरु पनि त्यस्तै छन् ।  ग्याङ नै बनाएर ठूलठूला अपराधिक घटना घटाउने र डनका हिसावले आफुलाई चिनाउने त छैनन् । तर टोले गुण्डाहरु भन्छौ हामी । टोल टोलमा स–साना बच्चाहरु खुकुरी बोक्दै हिडने, झगडा गर्दै हिड्दै हिड्ने , मान्छेलाई कुटिहाल्ने, खुकरी हानी हाल्ने त्यो प्रवृतिका अपराधकि कृयाकलाप बढी देखिन्छ ।

तपाई तुलसीपुर आउने वित्तिकै पत्रकार सम्मेलन गरेर एक महिनामा अबैध लागु औषध र गुण्डागर्दी नियन्त्रण गर्छु भन्नु भएको थियो सफल हुनु भयो या नजिक पुग्नु भयो ?

अहिले नै सफल भएको छु त म भन्दैन् तर मैले गर्ने प्रयास पक्कै गरेको छु । यहाँको नागरिक समाज, बुद्धीजीवी, राजनीतिक दल, महिला संघ संस्थासंग भेटेर कुरा गर्दा ४/५ वटा कुराले दक्खल दिएको पाए । विशेष गरेर म आउने बेलामा नै कोभिड १९ का कारण लकडाउनलाई पालना गर्नु पर्ने, अलर्ट बस्नु पर्ने । नागरिकलाई सचेतना गराउनु पर्ने । नेपाल सरकारले दिएका नीति निर्देशनलाई पालना गर्नु पर्ने चुनौति एकातिर थियो भने अर्को तर्फ नागरिक प्रहरी बिच समन्वयको अभाव हुँदा प्रहरीलाई नागरिकले अविश्वास गरेको अवस्था ।

नागरिक माथि प्रहरीले गर्नु पर्ने व्यवहार नगरेका कारणले बढ्दै गएको तिक्ततालाई पनि ह्याण्डलीङ गर्नु पर्ने अवस्था थियो । त्यसैगरी लागु औषधका सन्दर्भमा भन्ने हो भने ५ नम्बर प्रदेशकै हवका रुपमा रहेको पाइयो । पहाडी जिल्लासंगै बुटवल र बाँके वर्दीयसंग पनि जोडिएकाले लागुऔषधको कारोबारसंगै कुलतमा लाग्ने विद्यार्थी र बालबालिको संख्या बढ्दै गएको पाइयो ।

बर्षमा ३/४ वटा मर्डर(ज्यानमार्ने) केशका घटना भएकाले गुण्डागर्दी नियन्त्रण, अव्यवस्थीत ट्राफिकका कारण दैनिक १० देखि १५ वटासम्म सवारी दुर्घटना हुने अवस्था थियो । त्यसैले यी कुराहरुलाई हामीले प्रथामिकता दिनु थियो । यी नै कुराहरुलाई मध्यनजर गरेर ६ वटा अप्रेसन गरेका छौ ।

कुलतमा लागेका र बाटो बिराएका ६ सय ७० जनाको लगत लिएर अभिभावकसंगै राखेर सम्झाउने गरेका छौ भने लागुऔषधका मुख्य ३ वटा मुख्य कारोबारी मध्य २ वटा समूहलाई पक्राउ गर्न सफल भएका छौ । त्यसैगरी जिल्लाको एउटा कारोबारी समूह अहिले बाहिर बसेर कारोबार गरेको जानकारी हामीलाई आएको छ । त्यसको पनि पहिचान भएकाले छिट्टै समात्ने तयारीमा छौ ।  त्यसैले सफल त भन्दैन तर एक पाईला अगाडि बढेका छौं ।

संचार उद्यमी देवी प्रसाद धिताल (हेमराज) को हत्या भएको १० बर्ष पुग्यो । त्यो फाईल यहाँले हेर्नु भयो ?

मैले फाईल हेर्न सुरु गरेको छु । सिआइवीले पनि पटक पटक हेरेको छ । मथिल्लो तहबाट पनि पटक पटक अनुसन्धान गरिएको फाईल रहेछ । अनुसन्धानको ट्रयाकमा जाँदैछु । अध्यन गर्दैछु । केहि दिन लाग्छ अध्यन गर्न ।

हत्यारा पत्ता लाग्न सक्ने सम्भावना कत्तिको छ ?

यो ठूलो केश हो । जादुको छडी मसंग पनि पक्कै छैन् । मैले अनुसन्धान गर्ने अफिसरसंग पनि मैले कुरा गरिरहेको छु । कति पय यहाँबाट सरुवा भइसक्नु भएको छ भने कति रिटायर भइसक्नु भएको छ । यहाँका स्थानीयसंग पनि समन्वय गरिरहेको छु । अब हेर्दै जाउँ भगवानले साथ दिनुभयो र यहाँका जनताले पनि अनुसन्धानमा सहयोग गर्नु भयो भने पक्कै पनि सफल भइन्छकी जस्तो मलाई लाग्छ ।

हेमराज हत्याकाण्डको फाइल खोल्ने मान्छेको पनि सरुवा हुन्छ नि ?

यो कुरा मान्न म तयार छैन् । र विश्वास पनि गर्दैन् । डराउन पनि डराउँदैन् । किन भने आफुले गल्ती नगरे कोहिसंग पनि डराउनु पर्दैन् ।

हत्यारा पत्ता नलाग्नुको कारण के होला ?

तत्कालै पत्ता लागाउन नसक्ने कुरा पनि हुन्छ । १८ बर्ष, २२ बर्ष पनि लागेका छन् । कहिले काँही सोचेको भन्दा धेरै समय पनि लाग्न सक्छ ।

कति समय लाग्छ होला ?
समय म तोकेर भन्न सक्दैन तर छिटै हुन्छ र त्यसको रिजल्ट म दिन्छु ।

अपराध नियन्त्रणका लागि नागरिकको सहयोग कस्तो हुनुपर्छ ?

कार्यक्षेत्र ठूलो छ । जनशक्ति थोरै छ । हामीसंग सवारीसाधन अप्रयाप्त छन् । तै पनि प्रहरीले अहिले २२ घन्टासम्म डिउटी गर्नु परेको छ । यस्तो अवस्थामा प्रहरीको एक्लो प्रयासले शान्तिको अपेक्षा गर्नु निरर्थक हुन्छ । त्यसैले मैले भनेको छु । प्रत्यक नागरिक अब प्रहरी हुनुपर्छ । प्रहरी र नागरिक आपसी समन्वयतत्मक रुपमा अघि बढ्नुपर्छ । त्यसैका लागि पनि मैले अहिले टोल टोलमा सुरक्षा समित गठन गरेको छु ।

आफनो महत्वपूर्ण समय दिनुभयो यहाँलाई धन्यवाद छ ।

मलाई पनि आफना भनाई राख्ने अवसर दिनुभयो त्यसका लागि यहाँलाई पनि धन्यवाद छ ।

प्रकाशित मिति : २०७७ साउन ८ गते बिहिवार
प्रतिक्रिया