२०८३ बैशाख ११ गते शुक्रवार

अभिनेत्री निरिशालाई कोरोना संक्रमण

काठमाडौं । अभिनेत्री निरिशा बस्नेतले आफू कोरोना संक्रमित भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफू कोरोना संक्रमित भएको र अस्पतालमा उपचारको क्रममा रहेको जानकारी गराएकी छन् ।
नेपाली चलचित्र ‘जानी नजानी’बाट नायिकाकी रूपमा अभिनय यात्रा थालेकी निरिशा अग्रज अभिनेता विश्व बस्नेतकी छोरी हुन् । उनी केही समयदेखि मुम्बईमा छिन् । मुम्बईमा काम गर्ने क्रममा आफू कोरोना संक्रमित भएको यी अभिनेत्रीले जनाएकी छन् ।

‘थाहै नपाई म पनि कोरोना संक्रमित भएछु । अहिले अस्पतालमा उपचार गराइरहेकी छु र अहिले आत्तिनुपर्ने अवस्था छैन,’ उनले सामाजिक सञ्जालमा भनेकी छन् । कोरोनाको लक्षण देखिएपछि कोरोना भाइरस परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको उनले बताएकी छन् । उनी हाल मुम्बईको कोकिला अस्पतालमा उपचार गराइरहेकाे राजधानी दैनिकले खबर लेखेकाे छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३० गते शुक्रवार
प्रतिक्रिया