२०८३ बैशाख ११ गते शुक्रवार

अपरिचित समूहको कुटपिटबाट अश्वारामा बालक सहित ४ जना घाइते 

तुलसीपुर, ११ वैशाख । दाङको तुलसीपुर स्थित भमके खोलामा अपरिचित युवाको एक समूहको कुटपिटबाट ८ बर्षका बालक सहित ४ जना घाइते भएका छन् ।  घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ मालभुङ निवासी विशाल डाँगी, भरत डाँगी, कुल बहादुर डाँगी र ८ वर्षका बालक शरण चौधरी रहेका छन् ।

भमके खोलाको पुल देखि करिब डेढ सय मिटर  उत्तर तर्फ भलिबल खेलिरहेको समयमा ५ जनाको समूहमा गएका अपरिचित युवाको समूहले तरबार देखाउँदै कुटपिट गरेको हो । कुटपिट लगत्तै अपरिचत समूह खोलैखोला कोही उत्तर तर्फ र कोही दक्षिण तर्फ भागेको अश्वारा सामुदायिक वन समूहका अध्यक्ष हेमा डाँगीले बताउनुभयो । घटना करिब ७ बजे भएको थियो । घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरले प्रहरी परिचालन गरेको छ । 

 

प्रकाशित मिति : २०८३ बैशाख ११ गते शुक्रवार
प्रतिक्रिया