दाङ, ८ वैशाख । विदेशमा बसेर सामाजिक सञ्जालमार्फत नेपाली पत्रकारलाई धम्की दिएको आरोपमा एक नेपालीमाथि अमेरिकामा कारबाही प्रक्रिया अघि बढेको छ । रोल्पाको सिस्ने–१ (हाल तुवाङ) का दिनेश केसीलाई अमेरिकी निकायले नियन्त्रणमा लिने तयारी गरेको स्रोतले जनाएको छ । डिभीमार्फत अमेरिका पुगेका केसी हाल न्यूयोर्कमा बस्दै आएका छन ।
उनीमाथि सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिने आरोप लाग्दै आएको छ । यस सम्बन्धमा उजुरी परेपछि एफबिआई सहितका निकायले अनुसन्धान थालेका छन । स्रोतका अनुसार अनुसन्धान जारी रहेकाले उनलाई नेपाल डिपोर्ट गर्ने प्रक्रिया पनि सुरु गरिएको छ । अमेरिकाको न्यूयोर्कमा बस्छन् । त्यहाँ ‘सेभेन इलेभेन’ नामक सानो स्टोरमा राती काम गर्छन् । स्टोरमा नाइट ड्युटी गर्छन् । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट उनले विदेशमा बसेर नेपाली पत्रकारलाई धम्काउँदै आएका छन् । जनआस्थाबाट


















