तुलसीपुर, १३ चैत्र । नेपाल नेत्रज्योति संघ दाङ शाखाको २२ औं बार्षिक साधारणसभा तथा ४८ औं नेत्रज्योति दिवस सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति कृष्णकुमार गिरीको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष प्रा.डा चेतराज पन्तको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले दिदैँ आएको आँखा उपचार सेवा राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा गौरव गर्न लाएको भएको बताएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योति संघका केन्द्रिय अध्यक्ष प्रा.डा पन्तले २०३५ सालमा विशुद्ध सामाजिक मुनाफारहित गैरसरकारी संस्थाको रुपमा स्थापना भएको नेपाल नेत्रज्योति संघले देश भर अहिले सेवा दिएको बताउनुभयो । उहाँले दाङ शाखाले स्थापना कालदेखि नै अन्धोपन न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्दै आँखा स्वास्थ्य सेवामा प्रतिरोधात्मक, उपचारात्मक, प्रवर्द्धनात्मक तथा पुनर्स्थापनात्मक कार्यमा संघ अग्रणी रहेको बताउनुभयो । साथै, बढ्दो चुनौतीका बीच सेवाको दायरा अझ विस्तार गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा पूर्व मन्त्री मेटमणि चौधरी, तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का, गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरी, पूर्व नगर प्रमुख ढुण्डीराज लामीछाने, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष पदम प्रसाद न्यौपाने, राप्ती लाइफ कियर हस्पिटलका अध्यक्ष हरि रिजाल, त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा उपसभापति रेशमबहादुर खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो भने आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले सेवा तथा भावी योजनाबारे जानकारी गराउनुभयो। साथै, कोषाध्यक्ष श्यामप्रकाश आचार्यले आर्थिक प्रतिवेदन र सचिव घनश्याम सुवेदीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती बहादुरगन्ज अन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालमा कार्यरत वरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्मा लगायत विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य प्रस्तुत गरेका थिए भने राप्ती आँखा अस्पतालकी कर्मचारी निरला अर्यालले कविता प्रस्तुत गर्नुभएको थियो ।




