२०८३ जेष्ठ ५ गते मङ्गलवार

दाङलाई फिल्म नगरी बनाउन पालिकाबीच कोल्याबोरेशन हुनुपर्छ : कोमल ओली

तुलसीपुर, ३० फागुन । पूर्व राष्ट्रिय सभा सदस्य कोमल ओलीले दाङलाई फिल्म नगरीका रुपमा विकास गर्न यहाँका पालिकाहरु बीच सहकार्य (कोल्याबोरेशन) हुन आवश्यक रहेको बताउनु भएको छ । चलचित्र पत्रकार संघ दाङको छैठौ अधिवेशनलाई तुलसीपुरमा सम्बोधन गर्दै उहाँले दाङका सबै फिल्म निर्माणलाई प्रोत्साहन गर्न आवश्यक भौतिक पूर्वाधारमा लगानी गर्नुपर्ने बताउनुभयो ।

‘विकास भनेको सिमेन्ट मात्रै ओइ¥याउने । पक्की बाटो बनाउने र ठूलठूला घर मात्रै बनाउने होइन । प्रकृतिको विकास, पर्यटनको विकास र संस्कृतिको विकास गर्न आवश्यक छ । तुलसीपुर उपमहानगरपालिकाले एक्लै लगानी गर्न सक्दैन भने बबई, शान्तिनगर र दंगीशरण गाउँपालिका मिलेर पूर्वाधारमा लगानी गर्नुप¥यो । अनिमात्रै फिल्म नगरीको कुरा आउँछ ।’ ओलीले भन्नुभयो । त्यसैगरी उहाँले दाङको थारु संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई फिल्ममार्फत अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर रहेको समेत बताउनुभयो  ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीले सअधिवेशनले चलचित्र पत्रकारितालाई अझ व्यवस्थित, जिम्मेवार र समाजमुखी बनाउन सञ्चारकर्मीको सक्रियता आवश्यक रहेकोमा जोड दिनुभयो । बलामीले चलचित्र पत्रकार संघले पत्रकार महासंघसँग सहकार्य गर्दै चलचित्र क्षेत्रलाई अझ व्यवस्थित बनाउने र चलचित्रमार्फत देशको आर्थिक समृद्धिमा योगदान पु¥याउने लक्ष्य राखेको बताउनुभयो ।

कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रीय सदस्य धुव्रराज न्यौपाने, लुम्बिनी प्रदेश अध्यक्ष शिव पुन, पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, रासस दाङ प्रमुख नारायणी रजौरे, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, लेखक तथा साहित्यकार वसन्त आचार्य, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस चौतारी नेपाल दाङका अध्यक्ष सुधा सुमन ढकाल, प्रेस सेन्टर नेपाल दाङका सचिव दिपक बोहरा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संघका सदस्य पूर्ण केसी ‘मुस्कान’ले गर्नु भएको थियो भने कार्यक्रमको संचाल सचिव निरला अर्याल गैरेले गर्नु भएको थियो ।

५ जना पत्रकार सम्मानित
यसैविच संघले दाङका ५ जना पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा पत्रकारहरु सुधासुमन ढकाल, वसुन्धारा गौतम, वसन्त पौडेल, दिपक बोहरा, लिलाधर वली रहनु भएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार
प्रतिक्रिया