रोल्पा, ३ मंसीर । रोल्पामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका ६ जारखोला रोल्पा निवासी बर्ष ४५ वर्षिय दिल कुमारी खड्का रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घर नजिकैको भिरममा खर काट्ने क्रममा खड्का बुधबार दिउँसो ४ः१५ बजेको समयमा लडेर मृत्यु भएको प्रहरीको भनाई छ । भिरबाट लडेर करिब दई सय मिटर तल पुगेको खड्काको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।
प्रकाशित मिति : २०८३ मङ्सिर ३ गते बिहिवार



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।