२०८२ मङ्सिर १९ गते शुक्रवार

दाङका सान अधिकारी सर्वोत्कृष्ट बाल कलाकार

दाङ, १६ मंसिर  । दाङका बाल कलाकार सान अधिकारीलाई ‘दोस्रो बी.स्टार फिल्मस म्युजिक अवार्ड–२०८२’ मा सर्वोत्कृष्ट बाल कलाकारका रुपमा हालै सम्मान गरिएको छ । ‘अरुलाई धानको पात, मायालाई पानको पात’ गीतमा उत्कृष्ट अभिनय प्रस्तुत गरेबापत उहाँले यो अवार्ड हात पार्न सफल हुनुभएको हो ।

सात वर्षका अधिकारी सानैदेखि कलाक्षेत्रप्रति गहिरो रुचि राख्दै आउनु भएका प्रतिभावान बाल कलाकार हुनुहुन्छ । उहाँले हालसम्म दुईवटा सर्वोत्कृष्ट म्युजिक भिडियोमा अभिनय गरिसक्नु भएको छ भने दुईवटा चलचित्रमा पनि डेब्यु गर्नु भएको छ ।

यो अवार्डले थप हौसला मिलेको उहाँले बताउनुभयो । अवार्ड प्राप्त गरेपछि खुशी व्यक्त गर्दै बालकलाकारले भन्नुभयोे,“मलाई माया र साथ दिने मेरा प्यारा काका पल शाहालाई धेरै धेरै धन्यवाद। हजुरको साथ, सपोर्ट, माया र आशिर्वाद सधैंभरि पाइराखूँ । यही हौसला–सपोर्टका कारण म यहाँसम्म आइपुगेको हुँ।” कार्यक्रममा विभिन्न विधाका कलाकार, निर्मातादेखि संगीतकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । बी. स्टार फिल्मसद्वारा दोस्रो संस्करणमा आयोजित अवार्ड कार्यक्रममा बाल कलाकारका बीच अधिकारीलाई उत्कृष्ट ठहर गरिएको हो ।

प्रकाशित मिति : २०८२ मङ्सिर १६ गते मङ्गलवार
प्रतिक्रिया