उरहरी,३० बैशाख ।
एमाले तुलसीपुर उपमहानगरपालिका ११ ले चुनावि भेटघाट लाई जारी राखेको छ । उस्ले प्रत्येक दिन टोल टोलमा भेटघाट गरीरहेको जनाएको छ । यसैक्रममा उरहरीको गोठुवा डाडागाउँमा चुनाबी भेला सम्पन्न भएको छ । स्थानिय राम बहादुर चौधरी को अध्यक्षता तथा वडाध्यक्ष पदका उम्मेद्धार भागिराम चौधरी को प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।
भेला लाई बोल्ने बक्ताहरुले देश एमालेमय भएको भन्दै जिताउनका लागि सबै कार्यक्रता खट्नुपर्नेमा जोड दिएका थिए । उनिहरुले सवैको हक र हितमा एमालेले मात्र काम गर्ने भएकाले जिताउनै पर्ने बताएका थिए । भेलामा सदस्य पदका उम्मेद्धारहरु लोकजँग शाह,तिलक राम थारु र कमला नेपाली, यस्तै लालमनी आचार्य ,गिरिराज गौतम,बिक्रम चौधरी लगायतले बोल्नुभएको थियो । भेलाको सहजिकरण हरी प्रसाद वलीले गर्नुभएको थियो ।।
प्रकाशित मिति : २०७४ बैशाख ३० गते शनिवार