२०८३ असार ३० गते मङ्गलवार

देशको अधिकांश क्षेत्रमा बर्षा,कृषकहरु खुसी

तुलसीपुर, ८ असार । दाङ तुलसीपुर सहित देशका अधिकांश स्थानमा आईतवार विहानै देखी पानी परिरहेको छ । पूर्वी भेगबाट गएको बिहीबार प्रवेश गरेको मनसुन अहिले मध्य क्षेत्र हुँदै पश्चिमी भूभागमा सरिरहेको छ । यसैको प्रभावले देशका विभिन्न भूभागमा वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लामो खडेरी पछि मध्य तथा पश्चिमी क्षेत्रमा बर्षा भएको हो । पानी परेपछि किसानहरु खुसी भएका छन् । खेती गर्ने समयमा पानी नपरेपछि चिन्तामा परेका किसानहरु पानी परे संगै हर्सित भएका छन् । यस्तै, आईतावार राति देशको पश्चिमी भूभागमा सामान्य बदली तथा पूर्वी र मध्य भेगमा आंशिक बदलीको सम्भावना छ । मध्य र पश्चिमी भूभागमा पानी पर्ने सम्भावना भएकाले चुरेबाट बहने नदीमा भने बाढीको सम्भावना भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै बाढी पुर्वानुमान महाशाखाले सूचना निकालेर आइतबार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बबई लगायतका नदीमा पानीको सतह बढ्ने जनाएको छ । यस्तै साना तथा खहरे खोलामा पनि एक्कासी पानीको सतह बढ्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली भूभागहरुको केही स्थानहरुमा हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०७६ असार ८ गते आइतवार
प्रतिक्रिया