२०८३ असोज ५ गते सोमवार

रुपन्देहीको देवदहमा युवकको हत्या, ५ जना पक्राउ

बुटवल । रुपन्देहीको देवदहमा एक युवकको हत्या भएको छ । देवदह नगरपालिका–८, विशालनगरका २८ वर्षीय सुमन थापाको शनिबार राति हत्या भएको हो । कुटपिटबाट गम्भीर थापाको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ । बेहोस अवस्थामा फेला परेका उनको निधार र छातीमा निलडाम भेटिएको प्रहरी बताएको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा देवदहकै लक्ष्मण थारु, रमेश थारु, सुवास क्षेत्री र रुपन्देही तिलोत्तमाका रेखबहादुर महतो र हिरा महतो रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७६ जेष्ठ २६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।