२०८३ भाद्र २४ गते बुधवार

पत्रकारले रामधुलाई गरे : संचारमन्त्री बासकोटा

तुलसीपुर, २५ जेठ सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले पत्रकारले आफुलाई रामधुलाई गरेकोे गुनासो गरेका छन् । एउटा बोले पनि अर्कै कुरा लेखेर लखटेकोलख्टयै गरेको बताए । खानेपानी संजाल दाङको आयोजनामा तुलसीपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बासकोटाले नकारात्मक कुरालाई मात्रै नलेख्न पत्रकारलाई आग्रह गरे । यसैविच मन्त्री गोकुल वासकोटाले रेडियो नेपाललाई सरकार र जनता जोडन्े महत्वपूर्ण पुलको रुपमा विकास गर्न चाहेको बताएका छन् । दाङको हेमन्तपुरबाट रेडियो नेपालले औपचारिक रुपमा सुरु गरेको प्रादेशिक कार्यक्रमको उद्घाटन तथा नयाँ भवनको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बासकोटोले रेडियोले संकृति, भाषा, भावना र मन जोड्ने भएकोले यसको अझै महत्वपूर्ण भूमिका रहेको बताए । रेडियोले सही सुचना आम जनलाई दिने र जनताको समस्या जनताकै बिचमा पु¥याएर राज्यका निकायलाई ध्यानाकर्षण गराउने काममा महत्वपुर्ण भूमिका खेल्ने बताउदै मन्त्री बासकोटोले थारु भाषा, खाम मगर भाषा र अवधी लगाएतका भाषालाई राष्ट्रको निधिको रुपमा अघि बढाउने सोचमा रहेको बताए । त्यस अवसरमा पूर्ब मन्त्री तथा प्रतिनिधिसभा सदस्य रेखा शर्मा, नेकपा संसदीय दलका सचेतक शान्ता चौधरी, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, राष्ट्रिय सभा सदस्य कोमल ओली, प्रदेश नं. ५ का प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायतले मन्तब्य ब्यक्त गरेका थिए । रेडियोका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रदेश कार्यालयका प्रमुख गोकर्ण रेग्मीले गरेका थिए । रेडियोले दाङबाट ९८ मेघाहर्जमा दैनिक ३ बजेदेखि ६ बजेसम्म प्रशारण गर्नेछ । भने रोल्पामा एक सय ३ मेगाहर्जबाट प्रशारण गर्ने छ । रेडियोले चौधरी, अबधी, मगरलगायतका भाषाबाट समाचार प्रशारण गर्नेछ । साथै रेडियो नेपालको नयाँ भवनको समेत सिलन्यास गरिएको छ । मन्त्री बास्कोटाले उक्त भवनको सिलन्यास गर्नुभएको छ । २ करोड १७ लाख ७६ हजार लागतमा निर्माण हुन लागेको उक्त भवन निर्माणको जिम्मा ड्रागण सिवालय चौरी जेबिले पाएको छ । सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयको सहयोगमा निर्माण हुन लागेको उक्त भवनको काम ९ महिनामा पूरा हुनेछ ।
प्रकाशित मिति : २०७६ जेष्ठ २४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।