२०८३ असोज २ गते शुक्रवार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा,१ असोज । झापा गाउँपालिका–०३ कामाटोलीमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सुरुङ्गाबाट कामाटोलीतर्फ जाँदै गरेको BR 37 Q 3949 नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।   दुर्घटनामा मोटरसाइकल चालक भारतको किशनगञ्ज निवासी २८ वर्षीय सुल्तान अलीको मृत्यु भएको छ ।बिहान अन्दाजी १०:३० बजे भएको उक्त दुर्घटनामा अलीको टाउकोमा गम्भीर चोट लागेको थियो । दुर्घटना लगत्तै उनलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ असोज १ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।