शारदा नगरपालिकामा विभेद अन्त्य गर्न सहभोज कार्यक्रम

सल्यान , ११ जेठ । समाजमा जातीय छुवाछुत विद्यमान कायमै रहेको अवस्थामा सल्यानको एक नगरपालिकामा जातिय छुवाछुत तथा भेदभाव अन्त्य गर्न भन्दै सहभोज कार्यक्रमको आयोजना गरिएको छ । सबैखाले विभेदलाई अन्त्य गरि छुवाछुत मुक्त नगर बनाउनका लागी जिल्लाका दलित समुदायका अगुवा, नगरपालीका भित्रका सबै दलित समुदाय र गैरदलित समुदायलाई समेटेर सहभोजको आयोजना गरिएको शारदा नगरपालीकाका नगरप्रमुख शुरेस अधिकारीले बताए ।
आफुले निर्वाचनको समयमा नगर क्षेत्र भित्र जातिय भेदभाव अन्त्य गर्ने बाचा गरेको भन्दै अहिले यस्तो अभियान चलाएको उनको भनाई छ । जातिय छुवाछुत सामाजिक अपराध हो भनेर कानुनमा समेत उल्लेख गरीएकाले यसलाई अन्त्य गर्नमा सवैले जोड दिनुपर्ने उनको भनाई छ।
नगरपालिका भित्र जातिय छुवाछुत तथा विभेद अन्त्य गर्नुपर्छ भन्ने सन्देश दिनका लागी आफुले नगरका दलित र गैह्रदलित समुदायलाई बोलाएर एकै स्थानमा साुमहिक रुपमा सहभोज कार्यक्रमको आयोजना गरेको बताएका छन् ।
उक्त कार्यक्रम स्वागत योग्य भएको भन्दै दलित बिकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीले समाजमा कलङकको रुपमा रहेको जातीय विभेद तथा छुवाछूतलाई समाजबाट अन्त्य गर्नुपर्ने बताएका छन्् ।।

प्रकाशित मिति : २०७६ जेष्ठ ११ गते शनिवार
प्रतिक्रिया