६० हेक्टर जमिन खेती योग्य बन्दै

लक्ष्मण विश्वकर्मा ,तुलसीपुर १० जेठ । तुलसीपुर १० बनगाउँमा झन्डै ६० हेक्टर क्षेत्रफलको जमिन खेतीयोग्य बनाउन लागीएको छ । जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार पातुखोलामा तटबन्ध निर्माण गरी ८०÷९० विगाहा क्षेत्रफलको जमिन उकास्न लागीएको छ । पातुखोला र भमकेखोला मिसीने दोभान नजिकै तटबन्ध निर्माण गरी उक्त क्षेत्रफलको जमिन खेतीयोग्य बनाउन लागीएको कार्यालयका डिभिजन प्रमुख गणेश मरासिनीले जानकारी दिएका छन् ।

केहि वर्ष पहिले बाढि पसेर पातुखोला बगरमा परिणत भएको थियो । उक्त जमिनलाई अहिले खेतीयोग्य बनाउन लागीएको हो । चालु आर्थिक वर्षको असार मसान्त सम्म काम सक्ने गरी हरितारा कन्ट्रक्सन रोल्पालाई जिम्मा दिईएको छ । आयोजनाका लागी ७२ लाख रुपैयाको टेण्डर आह्वान गरेपनि निर्माण कम्पनिले ४८ लाख रुपैयामा ठेक्का लिएको डिभिजन प्रमुख मरासीनीले जानकारी दिएका छन् ।
तर पछिल्नो समयमा स्थानियले ऐलानी जग्गा आफुहरुको पर्ने भन्दै विरोध गर्न थालेपछि विवाद उत्पन्न भएको उनले बताएका छन् ।स्थानिय केहि व्यक्तिले अवरोध गर्न खोजेपछि काम अघि बढ्न नसकेको बताउदै छिटै नै उक्त विवाद सुल्झाएर काम सुरु गरिने उनको भनाई छ । सुरुमा सवैसंग परामर्श गर्दा कुनै विवाद नभएपनि अहिले विवाद देखा परेको बताईएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १० गते शुक्रवार
प्रतिक्रिया