२०८३ असार ३० गते मङ्गलवार

भारतमा ज्यान गुमाएका मृतकका परिवारलाई शान्तीनगर गाउँपालिकाद्धारा २०\२० हजार राहात दिने

शान्तीनगर ३ जेठ । पश्चिम दाङको शान्तीनगर गाउँपालिका कार्यपालिकाको ८२ औ बैठक चिराघाटमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा बसेको बैठकले शान्तिनगर वडा नम्वर ४ को जुम्लेकुलाका आगालागी कुल बहादुर रेउले, बुद्धिराम रेउले, गौरीलाल रेउले र तिल कुमारी रेउलेलाइ जनही दश हजार रुपैयाँ राहात उपलब्ध गराउने निर्णय गरेको छ ।

साथै जस्ता पाता र मकै को बिउ उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका प्रेस संयोजक निरास पाण्डेले जानकारी दिएका छन् । यस्तै बैठकले रोजगारीको शिलशिलामा भारतमा ज्यान गुमाएका शान्तिनगर वडा नम्वर २ अमुवा निवासी प्रकाश ओलि, चुर्ण बहादुर ओलि र नोखीराम ओलिको घरपरिवारलाई २०\२० हजारका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते शुक्रवार
प्रतिक्रिया