निराश पाण्डे, शान्तीनगर , ३० बैशाख । पश्चिम दाङको शान्तीनगर गाउँपालिकाको न्यायिक समितिमा वितेको झन्डै दुई आर्थिक वर्षमा २३ वटा उजुरी दर्ता भएका छन् । न्यायिक समितिले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७४÷०७५ को असार मसान्त सम्म जम्मा ११ उजुरी दर्ता भएका छन् । यस्तै चालु आर्थिक वर्ष ०७५÷०७६ को गत साउन देखी बैशाख सम्म १२ वटा उजुरी दर्ता भएको समितिका संयोजक मिथिला शाहले जानकारी दिएकी छिन् ।
जसमा गत आर्थिक वर्षमा न्यायिक समितिमा दर्ता भएको उजुरी मध्ये ६ वटा सम्पादन भईसकेको र बाँकी ४ वटा उजुरी सम्बन्धित निकायमा सिफारिस गरिएको तथा १ वटा मिलापत्र हुन बाकी रहेका छन् । समितिमा जन्मदर्ता, अंशबन्डा,गाली वेईज्जत र बाटोका विषयमा उजुरी परेको थियो ।
यस्तै चालु आर्थिक वर्षमा १२ उजुरी परेकोमा ७ वटाको सम्पादन भएको र बाँकी २ वटाको सम्वन्धित निकायमा सिफारिस गरीएको तथा ३ वटा उजुरीको मिलापत्र गर्न बाँकी रहेको छ ।दुई आर्थिक वर्षमा दर्ता भएका उजुरी मध्ये हाल सम्म १३ वटाको टुङग्यो लगाएको, ६ वटा सम्बन्धित निकायमा सिफारिस गरेको र बाँकी ३ वटा टुङग्याउन बाँकी रहेको गाउँपालिकाका नायब सुव्वा मेघलाल भुसालले जानकारी दिएका छन् । हरेक स्थानिय तहमा उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वयमा न्यायिक समिति गठन गरीएको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।